Skip to main content

Posts

खाडी

Recent posts

काल महिमा

  यो कबिता कवि शिरोमणी लेखनाथ पौड्यालको रचना हो। पढ्नै पर्ने कबिता   भनेर छुट्टाएको रहेछु।  आज अचानक पढ्न मन लाग्यो  । कवि शिरोमणि लेखनाथ पौड्याल - काल महिमा  भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो  इन्द्रै बिन्ति गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।  थुप्रोमा उधिनी मिठो र नमिठो छुट्ट्याइ छान्दैन त्यो  खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।।  राजा रङ्क सबै समान उसका, वैषम्य गर्दैन त्यो  आयो, टप्प टिप्यो, लग्यो,  मिति पुग्यो, टारेर टर्दैन त्यो ।  लाखैं औषधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो  व्याधा-तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ।।  आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो  सुख्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो । मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो  हाहाकार सरी मिठो अरु कुनै सङ्गीत गाउन्न त्यो ।।  जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो  थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ।  जत्ती निल्छ उती उकेल्दछ पनी, केही पचाउन्न त्यो  यै चालासित कल्प-कल्प कहि

अचानक खेलेको कुरा

केही हप्ता अगाडि कास्की जिल्लाको सेती खोलाको तिरमा बन्न लागेको जलबिधुत आयोजनाको हेड वर्क्समा पुगेर केही समय क्याम्पमा बसेको बेला यस्तो लेखेको रहेछु फोनमा।           गड्याङ गुडुङ नै भएपनि ब्याकग्राउन्ड संगीत जस्तो काम गर्दै छ सेतीको आवाज। रसुवा कन्स्ट्रक्सन र लुना कन्स्ट्रक्सनको संयुक्त उद्यममा बन्न लागेको सेती हाइड्रोपावरको कामको थालनी हुँदै रहेछ। अलि माथि गएपछि भाराभुरी गाउँ आउँछ रे। म निर्माणको लागि बसेको क्याम्पको अगाडी प्लास्टिकको कुर्सीमा बसेर वरपर वातावरण नियाल्दै छु। माथि पट्टी जंगल अनि चट्टानको पहरो अनि फेरि जंगल अनि त्यो माथि सेतो कुहिरो। यहाँ भन्दै हुनुहुन्छ कि त्यो कुहिरो पछाडि माछापुछ्रे छ रे। मलाई पनि विश्वास लाग्यो किनकि यहांको भूगोल केही हद सम्म थाहा छ मलाई। मैले म्याप्स मी भन्ने एप खोलेर हेर्दै गए, तल हामी आएको तातोपानी र चौर भन्ने ठाउँ देखाएको छ। अनि एउटा बाटो छ जुन म हेर्दै जाँदै छु, त्यो त मार्दी हिमालको बेस क्याम्प जाने ट्रेकिङ ट्रेल रहेछ। माथि पनि अर्को हाइड्रो पावरको काम हुँदैछ रे। यो चाहिँ २५ मेगावाटको टनेल बिनाको हाइड्रो पावरको काम हुँदै रहेछ। मैले सोधें यहांको

बेरुत घटना

साउन २० गते राती १० बजे तिरको कुरा हो, सुत्न भन्दा अगाडि ट्विटर् खोलें। ट्रेन्डिङमा बेइरुत थियो। के रछ भनेर हेरिहालेँ। सुरुको टुइट चाइ कुनै अफिसिएल अकाउन्ट बाट "प्रे फर बेइरुत" लेखेको थियो। मलाई लौन के भयछ वाला भाव आयो। मैले स्क्रोल गर्दै गएँ। एउटा भिडिओ आयो जुनमा एकजना पिताले आफ्नो छोरालाई जोगाउन कुनै सुरक्षित ठाउँ खोज्दै थिय र सबै हल्लियको थियो। मलाई लाग्यो भुकम्प गयो। तर फेरी तल हेरेको "हिउज एक्सप्लोजन" भनेर लेखेको छ। फेरी अर्को भिडियो हेरेँ। यसमा कतै ताल नजिकै रहेको एउटा भवनमा रातो आगोको झिल्का बलिरकेको थियो, के भयछ भनेर ल्याप्टप मै नजिक गयर हेर्न लाग्द ठुलो आवाज सहित भयंकर बिस्फोट भयो, लगभग ३-४ पटक हेरें। बिस्फोटनका कारण देखियको धुवाको मुस्लोले घटनाको डर झल्काउँथ्यो। मलाई त्यो बिस्फोटनमा पर्ने हरुको बारेमा सोच आयो। लगभग १०० वटा टुइट पढेँ होला, रगत नै रगत भयको फोटो र भिडियोहरु थियो। मैले दाईलाई वाट्सयाप गरें भाईलाई र ३ जना साथीहरुलाई पठायँ। भाईले पल्लो कोठाबाट अघी नै भयको हो भन्दै आयो। भन्दै थियो कि ईरानसँग लडाईं चल्दै थियो त्यस्तै केही होला ईरानले गरेको हुन सक्

त्रिवि उपकुलपतिलाई चिठ्ठी

  मिती: २०२०/०४/२३  आदराणिय उपकुलपती ज्यु,   त्रिभुवन विश्वबिद्यालय सादर नमस्कार! महोदय,          म शारिरिक रुपले ठिकै छु  र तपाईं पनि ठिकै हुनुहुन्छ होला भन्ने आशा गर्दछु । कोरोना महामारी कै बेला भएपनी आशाबादी छु कि पुरै साबधानी अपनाएर तपाईं भने  त्रिवि कार्यालय पुगिरहनुभयको होला। म त्रिभुवन विश्वबिद्यालयबाट चौथो सेमेस्टर अध्ययन सकेर परिक्षा पर्खेर बसेको विद्यार्थी हुँँ। कोरोना  महामारी का कारण घरमै बस्न वाध्य भयपनी मन भने त्यहीं विश्वबिद्यालयमै छ। त्रिविले कहिले परिक्षाको बारेमा ठोस निर्णय निकाल्ला भनेर पर्खेर बसेको छु।       बितेको बर्ष यती बेला बिभागले सोध-प्रबन्ध बुझाउने बारे सुचना प्रकाशन गरेको थियो जुन अन्तिम सेमेस्टरको परिक्षा भएको ४ महिना पछीको कुरा थियो। अहिले हामी परिक्षा नै अड्केर बसेका छौं। त्रिविलाई पनि बैठक बस्न कोरोना महामारीका कारण अप्ठ्यरो परेको होला। तर महोदय देशमा महामारीका कारण भयको बन्दाबन्दी खुलेर पनि फेरी बन्द भैसक्यो तर पनि तपाईंले ठोस केही दिन सक्नुभएन। तपाईंले पदभार ग्रहण गर्ने बेला भन्नुभएको थियो "त्रिभुवन विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद

बन्दुक पड्कन छोडेन

यो बन्दुक द्वन्दकालमा आर्मी र माओवादीले पड्कायको बन्दुक होइन। बस हो त किसानको अन्नबाली लुट्न आयका आतंकबादीहरु बिरुद्द किसानले नै उठायको हतियार।  २०७७ साल असार महिना हो, सधैं जसो भेट्ने अनी केही काम परे बोलाउने साथी सँगमले फेरी आज पनि "ओए आइज त नगरपालिका जाम, बन्दुक ल्याउन पर्‍यो" भनेर बोलायो। मैले सँगमलाई नाइं भनेको ईतिहास नै छैन जस्तो लाग्छ। म घरबाट तल झरें, सँगम मेरो घर छेउमा रहेको अर्को साथी सनमको वोर्कसपमा आइसकेको रहेछ। हामी वार्डको स्विक्रिती पत्र लिन सँगमको घर रहेको वार्ड ३ को वार्ड कार्यालय बाढ्खोला गयौं। पत्र नगरपालिकाको कार्यालय पुगिसक्यो भन्ने जानकारी पायपछी हामी नगरपालिका कार्यालयतिर लाग्यौं। म घरमा लगायर बसेको कालो जाङे र स्लिभलेश सर्टमा भयकोले नगरपालिका कार्यालय भित्र पसिन।  मैले बाँदरले दु:ख दियको घटना धेरै सुनेको छु। देश भरी यस्ता कुरा आइ नै रहन्छन्, हरेक साल फर्केर बाँदरले पत्रीकाका पहिलो नभय दोश्रो पान्नामा ठाउँ त लिई नै हाल्छन। यता लाखु भन्छन बाँदरलाई। 'लाखुले सतायो', 'लाखुले बसिखान दियन', 'लाखुले सखाप पार्ने भो' जस्ता वाक्य हाम्रो ठा

बन्दाबन्दिको बेला अध्ययन गरेका किताबहरु

१.  एब्स्ट्र्याक्ट चिन्तन प्याज - शङ्खर लामिछने    २.  घुम्ने मेच माथि अन्धो मान्छे - भुपी शेरचन  ३.  उहिलेको नेपाल - भैरव रिसाल   ४.   रजगज - हरी बहादुर थापा  ५.  सरसर्ति संसार - जिवा लामिछने  ६.  गुलाबी उमेर - अमर न्यौपाने ७.  पहिलो संसद : बिपी-महेन्द्र टकराव - जगत नेपाल ८. My Universities - Maxim Gorky ९. Walking - Henry David Thoreau १०. The Housekeeper and The Professor Goodreads Profile