Skip to main content

बेरुत घटना


साउन २० गते राती १० बजे तिरको कुरा हो, सुत्न भन्दा अगाडि ट्विटर् खोलें। ट्रेन्डिङमा बेइरुत थियो। के रछ भनेर हेरिहालेँ। सुरुको टुइट चाइ कुनै अफिसिएल अकाउन्ट बाट "प्रे फर बेइरुत" लेखेको थियो। मलाई लौन के भयछ वाला भाव आयो। मैले स्क्रोल गर्दै गएँ। एउटा भिडिओ आयो जुनमा एकजना पिताले आफ्नो छोरालाई जोगाउन कुनै सुरक्षित ठाउँ खोज्दै थिय र सबै हल्लियको थियो। मलाई लाग्यो भुकम्प गयो। तर फेरी तल हेरेको "हिउज एक्सप्लोजन" भनेर लेखेको छ। फेरी अर्को भिडियो हेरेँ। यसमा कतै ताल नजिकै रहेको एउटा भवनमा रातो आगोको झिल्का बलिरकेको थियो, के भयछ भनेर ल्याप्टप मै नजिक गयर हेर्न लाग्द ठुलो आवाज सहित भयंकर बिस्फोट भयो, लगभग ३-४ पटक हेरें। बिस्फोटनका कारण देखियको धुवाको मुस्लोले घटनाको डर झल्काउँथ्यो। मलाई त्यो बिस्फोटनमा पर्ने हरुको बारेमा सोच आयो। लगभग १०० वटा टुइट पढेँ होला, रगत नै रगत भयको फोटो र भिडियोहरु थियो। मैले दाईलाई वाट्सयाप गरें भाईलाई र ३ जना साथीहरुलाई पठायँ। भाईले पल्लो कोठाबाट अघी नै भयको हो भन्दै आयो। भन्दै थियो कि ईरानसँग लडाईं चल्दै थियो त्यस्तै केही होला ईरानले गरेको हुन सक्छ। मैले भने त्यहा त लापरबाहीले गर्दा भनेको छ, कसैले जानेर गरेको होइन होला। भाईले अन्तरराष्ट्रिय खबर हेर्ने बुझ्ने भयकोले ईरानको कुरा पनि हुन सक्छ भन्ने लाग्यो। ११ बजे तिर सन्दिपले फोन गरेर सोध्दा ईरानको कुरा पनि भने अनी लापरबाहिको पनि, अनी भिडियो पनि पठाय। 

अस्ती सम्म ७० जना मरेको, दर्जनौं बेपत्ता, ५००० भन्दा धेरै घाइते भनेर आयको थियो। हिजो सम्म भने १३७ मृत्‍यु अनी ५००० भन्दा धेरै घाइते र दर्जनौं बेपत्ता भन्ने खबर सुनियो। 

पढ्कियको 'एमोनिएम नाइट्रेट' रहेछ। लगभग सात बर्ष अगाडि जोर्जिआको बतुमीबाट एउटा जहाजमा टर्कीको बाटो हुँदै ग्रिसको राजाधानी एथेन्समा ४ हप्ता जती रोकियर २१ नभेम्बर २०१३मा बेइरुतको बन्दरगाहमा त्यो  'एमोनिएम नाइट्रेट' पुर्याइयको रहेछ। जोर्जिआको बतुमी भन्ने शहरले 'ब्ल्याक सि' सँग उस्तै भौगोलिक सम्बन्ध राख्छ जस्तो 'मेडिटेरेनिएन सि' सँग लेबननको राजाधानी बेइरुतले। दुबै समुन्द्रको पुर्बी तटमा पर्छन। 

बेइरुतका अधिकारिहरुलाइ थाहा रहेछ कि त्यो 'एमोनिएम नाइट्रेट' हो भनेर। यो कत्तिको जोखिमपूर्ण छ भन्ने कुरा अधिकारिहरुलाइ थाहा नभयको पनि होइन। तर बिभिन्न कानुनी प्रकृयाका कारण त्यसलाई अड्कायर राखियको रहेछ। अझै बुझ्दा त्यो 'एमोनिएम नाइट्रेट' ल्याउने जहाजको साहुले बन्दरगाहको शुल्क तिर्न नमानेपछी त्यसलाई त्यही जफत गरियको रहेछ।  केही रकम नतिरेकोले त्यस्तो जोखिमपूर्ण समान अझै त्यती असुरक्षित भन्डारन गरेर राख्नु नै बन्दरगाहका अधिकारिहरुको गलती हुन गयो। आपतकालिन न्यायिक निकायहरुलाई यसको जोखिमको बारेमा जानकारी गरयको र यथासिघ्र कि त निर्यात कि त बिक्री गरिनुपर्छ भनेर खबर गरेका थियौ भनेर बेइरुतका बन्दरगाहका प्रमुख र भन्सार प्रमुख दुवैले भनेका छन। किन न्यायिक निकायहरुको ध्यान पुगेन कि त जानेर पनि बुझ पचायर बसेका हुन कि भन्ने सवाल पनि उठ्छ। यसले किन अड्काइयो भन्ने कुरामा अझै झमेला पैदा गरिदियको छ। 

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ घटना पछी त्यहा पुगेका रहेछन। उनले लेबननको भ्रष्टाचार, लापरबाही अनि व्यवस्थापकीय कमजोरी विस्फोटनको कारण रहेको बताउँदै घटनाको अन्तरराष्ट्रिय अनुसन्धान पनि गरिनुपर्ने धारणा राखेका रहेछन।  "सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।" भनेर अभिव्यक्ती दियको कुरा बिबिसी नेपालीमा लेखियको छ। यस्ता कुरा आउँदा चाँही भाईले भनेको जस्तो ईरानको कुरामा फेरी फर्केर हेर्न मन लाग्ने रहेछ। तर ईरानको त त्यस्तो होइन होला, उसले त खाध्यन्न र औषधी सहयोग गरिरहेको छ। यो घटनाले अनी फ्रान्सका राष्ट्रपतिको अभिव्यक्तीले लेबननको राजनीतिमा भने पर्ने देखिन्छ।

लेबननमा २,७५० टन अमोनियम नाइट्रेट बिस्फोट भयको हो। यो घटना लेबननमा मात्र घटेको रहेनछ, ईतिहास हेर्ने हो भने अमेरिकाको टेक्सस बन्दरगाहमा १९४७मा २३०० टन अमोनियम नाइट्रेट बिस्फोट भयर लगभग १६ किलोमिटर क्षेत्र सम्म असर गरेको र ५८१ जनाको मृत्‍यु भयको रहेछ। यस्ता घटनाहरु जानिजानी कुनै आतंकबादी समुहले कसैको ज्यान लिन प्रयोग गरियको पनि पाइयको छ। 

अरु कुरामा लाग्नुभन्दा पहिले लेबननले अब त्यो बन्दरगाहको क्षति, लापताहरुको खोजतलासी, अनी घाइतेहरुको उपचारमा ध्यान दिनु आवश्यक छ। । क्षतिबाट रुस्ट भयर प्रदर्शनमा उत्रेका जनतालाई अन्जान लापरबाहिका कारण यो घटना भयको कुरा बुझाउन सक्नुपर्छ। यदी अरु नै केही अन्तरराष्ट्रिय मामिला रहेछ भने भित्री अनुसन्धान थाल्नुपर्छ। 

घटनामा ज्यान गुमाउनेहरु प्रती हार्दिक श्रद्दान्जली, दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। बेइरुत पनि छिट्टै पुरानो अवस्थामा फर्कियोस भन्ने कामना गर्दछु। 

Comments

Popular posts from this blog

The sudden Thaple

Firstly, the paragraphs accumulate the feelings and memories of my hike to Thaple. The Thaple peak is one of the highest peaks of the Syangja district. Kharsu peak and Thaple peak are of beautiful views from our places. We were raised seeing these peaks. So, it was a desire to be there someday. Though these peaks lie approx. 2050m from sea level and Syangja Bazar lie approx. 870m, being seen nearer but most of the people of Syangja have not been there. It took us all nearly 10 years after we wanted to be here. The peak seems skyscraping and shows people fear walking to the peak, I guess. These days youth from whole Nepal are influenced by the trend of visiting local places and its impact is more scattered by social media. These days Thaple and Kharsu peaks are becoming common hiking destinations for local youth. Between Sataun and Kharshugau We four (Sajan, Sameer Prashant, and me) started our journey from Narayansthan, Syangja. My friends were also very interested to be there as I ...

खाडी

घर गल्ली टोल छिमेक  छाडि छाडि खाडी।  मनको माया खेत र बारी  बाँझो छाडि छाडि।। सिप हातमा हलो जोत्ने  गए बोरा बोक्न।  हितको माया काखको छोरा  सबै छाडि छाडि।। घर बन्ला फर्किएर देशकै माटोमा,  हिडाउने सन्तान पनि देशकै बाटोमा।  जिन्दगीका सपना यहाँ  किन खाडी खाडी। मनको माया  खेत र बारी बाझो छाडि छाडि।। देशमै केही गर्न सक्ने  मनमा हुँदा हुँदै,  साहुको ऋण, घरको दिन  पुग्छ डाँडा पारी।  मनमा देश छ  शरीर सबै हुँदा पनि खाडी।। घर गल्ली टोल छिमेक  सबै छाडि खाडी।  मनको माया खेत र बारी  बाँझो छाडि छाडि।।

Tinpiple – Tarkeshwar – Army camp – Gurje Bhanjyang – Jhor

The Hiking Diary Do you know ?? There are some stairs made of bricks exported from Heaven. Yes, I’m talking about the place we’ve been for our Hike in the hill of Kathmandu District. It was an amazing and natural hike with the team of 'Wondervibes' along Tinpiple – Tarkeshwar – Army camp – Gurje Bhanjyang – Jhor.                    Travelling teaches us about the world, life and ourselves than any education ever could. We learned teamwork during this hike. Everybody is never together during the walk but there comes some special place or point where we wait for others to come and join to capture the magical moment of that place. This also becomes that place where we share what we see and how we feel. Some of ‘what we see and what we feel’ are in this blog.                    ...