त्यो भर्खर शब्द उचाल्न थालेको बालक नेपाली एकताका नायक भन्दा बुज्दैनथ्यो ४ जात ३६ बर्ण केइ बुज्दैनथ्यो नेपाली र सामाजिक किताबमा भनियका केइ पनि बुज्दैनथ्यो बस बुझ्थ्यो त एउटा नाम बस बुझ्थ्यो त उस्लाई कुनै फिलिमको "हिरो" भनेर न देखेको , न भोगेको ठिङग कुनै ठाउमा एउटा औंला ठाडायर राजाको जस्तो "पोज"मा अनी बाहिर लेखियको हुन्थ्यो फेरी त्यही नाम अनी त्यो नाममा दियियका भाषण र मास्टरले पढायका कुरा त्यो बालक बालक बाट केटो भयको छ आज कुनै बिचार समात्न सक्ने अनी शब्दमा भिज्न सक्ने फेरी तेइ कुरा पल्टाउन खोज्छ र बिचार गर्छ उस्को बिचार ति भाषाणसँग ति मास्टरका कुरा सँग मेल खाँदैन अपत्यारिलो लाग्छ सारा बाल्यकाल फिका लाग्छ सबैकुरा तर आफ्नो बाल्यकाललाई धोका दिन सक्दैन उ मात्र अरुका "प्राइभेट" शब्दसागरमा पौडिन खोज्छ तर .... अल्झिन्छ घाटी पानी बाहिर भयकोबेला शरीर पुरै डुबेको बेला ------- अनिल रेग्मी
Here, I write about the interesting things that I learn, feel, and listen to in my life. As being a student of Geology from Himalaya, I may add some geology and some Himalaya to my blogs.