Skip to main content

बन्दुक पड्कन छोडेन


यो बन्दुक द्वन्दकालमा आर्मी र माओवादीले पड्कायको बन्दुक होइन। बस हो त किसानको अन्नबाली लुट्न आयका आतंकबादीहरु बिरुद्द किसानले नै उठायको हतियार। 

२०७७ साल असार महिना हो, सधैं जसो भेट्ने अनी केही काम परे बोलाउने साथी सँगमले फेरी आज पनि "ओए आइज त नगरपालिका जाम, बन्दुक ल्याउन पर्‍यो" भनेर बोलायो। मैले सँगमलाई नाइं भनेको ईतिहास नै छैन जस्तो लाग्छ। म घरबाट तल झरें, सँगम मेरो घर छेउमा रहेको अर्को साथी सनमको वोर्कसपमा आइसकेको रहेछ। हामी वार्डको स्विक्रिती पत्र लिन सँगमको घर रहेको वार्ड ३ को वार्ड कार्यालय बाढ्खोला गयौं। पत्र नगरपालिकाको कार्यालय पुगिसक्यो भन्ने जानकारी पायपछी हामी नगरपालिका कार्यालयतिर लाग्यौं। म घरमा लगायर बसेको कालो जाङे र स्लिभलेश सर्टमा भयकोले नगरपालिका कार्यालय भित्र पसिन। 

मैले बाँदरले दु:ख दियको घटना धेरै सुनेको छु। देश भरी यस्ता कुरा आइ नै रहन्छन्, हरेक साल फर्केर बाँदरले पत्रीकाका पहिलो नभय दोश्रो पान्नामा ठाउँ त लिई नै हाल्छन। यता लाखु भन्छन बाँदरलाई। 'लाखुले सतायो', 'लाखुले बसिखान दियन', 'लाखुले सखाप पार्ने भो' जस्ता वाक्य हाम्रो ठाउँका किसानहरुको मुखारबिन्दुबाट प्रस्फुटित भइ नै रहेको हुन्छ। 

बाँदरले यती सम्म दु:ख दिन थाल्यो कि किसानहरु खेतबारी मै बास बस्न थालेको खबर पनि सुनियो। कुकुर लियर खेतबारी मै बास बसेको पनि देख्न पाइयो।  शायद कुकुर एउटा उपाय हो बाँदर धपाउने। मैले आफुले देखें पनि। बाँदरले असाध्यै दु:ख दियपछी जनताले आफ्ना नेतालाई यो कुरा उठाउन पनि आग्रह गरेका थिय। देशका मध्यपहाडी लगभग सबै जिल्लामा यस्तो बाँदरको बिगबिगी हुन थालेपछी चुप लागेर बस्न नसकेका किसानहरु कहिले मार्न पाउन पर्छ भनेर उफ्रिन थाले त कहिले धपाउने तरिका खोज्न थाले। संसदमा स्याङ्जाका माननीयले यस बिषयमा गम्भिर भयर आवाज उठाउनुभयको थियो। अन्य सांसद्ले पनि आवाज उठायको कुरा अझै पनि हेर्न सकिन्छ। तर समस्या राष्ट्रिय स्तरको भय पनि राष्ट्रिय स्तरबाट यसको समाधानको लागि ठुलो कदम चालियको भने थाहा पाइयको छैन। जती हुँदै छ स्थानिय तहबाट हुँदै छ। 

मैले बाँदरको बारेमा यस्ता कुरा देख्दा यसको अध्ययन चाहिं कती भयको होला भनेर ईन्टरनेटमा खोजें। अध्ययन त धेरै नै भयको रहेछ। तर यसको ठोस नतिजा भने निस्किन गाह्रो रहेछ। जस्तो ठाउँंमा पनि बाँदर आउनु वातावरणबिधहरुको लागि पनि अध्ययनको बिषय बनेको छ। तर उनिहरुको अध्ययन अध्ययनमा मात्र सिमित हुनु राम्रो होइन। 

बाँदर के कारणले यसरी गाउँ पस्छन? यस बिषयमा खोजी गर्दा खान नपयर भन्ने जवाफ धेरै आउछ। जंगलले आधा भुभाग ढाक्न थालेको नेपालमा जंगली जनवरलाई खाने कुराको कमी किन भयको छ भन्ने कुराको अध्ययन गर्नु आवश्यक देखिन्छ।  कतै पढेको थियँ कि बाँदरले मकै असाध्यै मन पराउछ साथै आलु र सखरखन्डा पनि मज्जले खान्छ। तर धान, कोदो, गहुँ जस्ता अन्नबाली चाहीं अरु केही खान नपायको बेला मात्र खान्छ। कतै पढेको थियँ कि बाँदरले मकै असाध्यै मन पराउँछ साथै आलु र सखरखन्डा पनि मज्जले खान्छ। तर धान, कोदो, गहुँ जस्ता अन्नबाली चाहीं अरु केही खान नपायको बेला मात्र खान्छ। बाँदरले खाने र नखाने फलफुल तरकारी तथा अन्य अन्नबालिको बारेमा अध्ययन गर्नु आवश्यक छ। बाँदर जाने र नजाने ठाउँ पनि अध्ययन गर्नु आवश्यक छ। तर आजभोलि बाँदर घरमा समेत पसेर अन्नबाली सखाप पारेको खबर छ्याप्छ्याप्ती सुन्न पाईन्छ। 

यो हिसाबले यसको समाधान भनेको जँगलमै बाँदरले खाने अघाउने रमाउने बातावरण श्रीजना गर्नु हो। हाम्रो जङलमा कटुस, मौवा र चिलाउने मात्रा छन। फलफुलको जङल बनाउन सकिन्न र? बाँदरले मात्र खाँदैनन मान्छेले पनि त्यसको सुबिधाभोग गर्न पाउँछन। बाँदरलाई मन पर्ने खालका फलफुल लगाइदिने हो भने उनिहरु जँगल जुन उनिहरुको घर हो, त्यहीँ रमाउँछन। 

बाँदरलाई खुशी नबनाउने समाधान खोज्ने हो भने पनि धेरै समाधान भेट्न पाइने रहेछ। उत्तरगया गाउँपालिकाको फेसबुक पेजमा देखेको थियँ 'बाँदर घास'को बारेमा। त्यहा लेखियको छ ''मोलासेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने भएकाले बाँदर यसको वरिपरि नै जाँदैन। यो घाँसबाट निस्कने झुस शरीरमा टाँसिएपछि निकाल्न नसकिने भएकाले बाँदर टाढैबाट फर्किने गरेको गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले बताए । गाउँपालिकाका अन्य ठाउँमा पनि यो घाँस रोप्न किसानलाई प्रोत्साहित गरिएको उनले जानकारी दिए।'' 

अर्को एउटा समाधान भनेको नक्कली सर्पहरु राख्ने। सर्पसँग डरायर पनि बाँदर भाग्ने रहेछन। 

प्राबिधिक प्रयोग गरेको उदाहरण पनि देख्न सकिँदो रहेछ, दक्षिण अफ्रिकाको हविक भन्ने ठाउँमा सेन्सर प्रयोग गरेको रहेछ। त्यो सेन्सरले कस्तो खाले काम गर्दो रहेछ भने बाँदर आउने बित्तिकै सेन्सर बज्ने रहेछ र सेन्सर बज्ने बित्तिकै पानीको छहरा हान्ने रहेछ। बाँदर पानी सँग डरऊने रहेछ। त्यहाँ अर्को उपाय पनि गरेको रहेछ, तरकारी लगयको थाउँमा पुरै ढाक्ने गरी बाँदर छिर्न नसक्ने गरी तारबार गरेको रहेछ।  हाम्रो देशमा पनि सेन्सरको प्रयोग गर्ने कुरा भने उठेको थियो भयको भने थाहा पाइयको छैन। 

छिमेकी देश भारतमै महारास्ट्रा र कर्नाट्का प्रदेशमा 'हार्मोनी क्यु' यन्त्र प्रयोग भयको पाईन्छ। भारतकै अन्य प्रदेशमा पनि यसको लागि धेरै कोशीस भयको छ। एसियाकै अन्य देशहरु जस्तै चिन, जापान, इन्डोनेशिया, कम्बोडिया, भियत्नाम जस्ता देशमा पनि बाँदरको आतंक अत्याधिक रहेको देखिन्छ। जापान र चिनले आफ्न जँगलमा बाँदर मैत्री फलफुलका बिरुवाहरु लगायको रहेछ। अनी लगभग यी सबै देशहरुमा बाँदरको मासु पनि खाने गरेको पाइयको छ। 

अब हाम्रो देशको कुरा गर्दा बाँदर लाई देउता मान्ने हामी मासु खान त परै जाओस मार्न पनि मिल्दैन। मार्नु राम्रो पनि होइन। कतै कुरा आयको थियो बाँदरको निर्यात गरेर आर्थिक लाभ लिन सकिन्छ भनेर। तर हाम्रो देशका मानिसले भगवान बेच्छन त? ठुलो प्रश्न खडा हुन्छ। 

अस्ती भर्खरको कुरा पुतलिबजार नगरपलिकामा नयाँ कुराको आविस्कार भयको रहेछ। खेतबारीमा अन्न र तरकारी हुनेबेलामा स्थानिय सरकारले बन्दुक निकालेछ। बाँदरले दु:ख दिने भयकाले यो बन्दुकको आविस्कार गरियको रहेछ। बन्दुकको आवाजले बाँदर भाग्ने कुरा स्थानिय किसानले पनि बताउनुभयको थियो। तर यो खास्सै ठुलो समाधान नभयको कुरा पनि सुन्न पाइयको छ, बाँदर भागे पनि फेरी आउने गरेको र जसरी पनि खटियरै बस्नै पर्ने कुरा आयको छ। अर्को कुरा बाँदर धपाउने आवाजले हाम्रो बन जांगलमा भयका अरु बन्यजन्तु भाग्ने खतराको बारेमा कतिको अध्ययन भयको छ? कसैलाई थाहै छैन। किसानहरुको लागी एउटा नयाँ समाधान दियकोमा नगरपालिकालाई धन्यवाद भने दिनै पर्छ। 

देशमा बन जँगल बढ्नु यसको एउटा कारण हो भन्ने मलाई लाग्छ। एउटा अत्यन्त महत्त्वपूर्ण पूर्वधार निर्माण गर्न खोज्दा हामी बन जँगलको नाश हुन्छ भनेर उफ्रिन्छौ तर बाँदरले दु:ख दिँदा बन्दुक पड्कायर दुनियाँ हत्कण्डा अपनायर जंगली अन्य जनवरलाई नै दु:ख हुने खालका हर्कतहरु गर्न पछी हट्दैनौ। काठमाडौं बसेर आफुलाई देशका युवाका प्रतिनिधि सम्झने युवाहरुले बाँदरले दिने दु:खको बारेमा भने जानेका छन कि छैनन भन्ने कुरा बुझ्न सकिन्छ नत्र गाउँ गाउँ बाट बाँदरको आतंक बिरुद्द आवाज उठ्दा खोइ त काठमाडौं बोलेको। काठमाडौं यो बारेमा धेरै नै मौन भयो किनकी मर्निङ वाक जाँदापनी बाँदर सँग साक्षात्कार गरेर आफ्नै पैसाले किनेर बाँदरलाई खुवाउने काठमाडौं लाई थाहा नै छैन बाँदरले कुन हदसम्म समस्या दिन सक्छ भनेर। । हिजो एअरपोर्ट बनाउने भन्दा जँगल मासिन्छ भनेर त्यत्रो बिबाद खडा गरेको काठमाडौंले अहिले यही जँगलले खडा गरेको अर्को समस्यालाई कसरी हेरेका छन? आज जँगलले बाँदर मात्र होइन सर्प पनि घरघरमा पठायको छ। अहिले मध्य पहाडमा सर्प पहिले भन्दा अत्यन्तै तिब्र गतिमा बढेको कुरा पनि सबैमा अवगत नै छ। अनी जंगलले अरु पनि के के समस्या निम्त्याउन सक्छ भन्ने कुराको राष्ट्रिय स्तरबाट नै अध्ययन गरी सहि कदम चाल्नु आवश्यक देखिन्छ। हाम्रो यहाँ(पुतलिबजार नगरपालिकामा) भने अहिले खेतका मकै सकियपनी बारीका मकै बाँकी नै छन, त्यसैले होला बन्दुक पढ्कन भने छाडेको छैन। मैले बाँदर धपाउने बन्दुक हो भनेर चाइ साथीले नगरपालिका कार्यालयबाट ल्यायपछी बल्ल थाहा पायको थियँ। पढ्कन थालेको २ महिना भन्दा धेरै भयपनी अझै सम्म बन्दुकको आवाज ठाउँठाउँ अझै भनौ गाउँगाउँबाट आईरहेकै छ। यस्तै हो भने योपाली दशै र तिहारमा पनि यस्ता आवाजले पटका र आलु बमको काम नगर्लान् भन्न सकिन्न। 






Comments

Popular posts from this blog

काल महिमा

  यो कबिता कवि शिरोमणी लेखनाथ पौड्यालको रचना हो। पढ्नै पर्ने कबिता   भनेर छुट्टाएको रहेछु।  आज अचानक पढ्न मन लाग्यो  । कवि शिरोमणि लेखनाथ पौड्याल - काल महिमा  भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो  इन्द्रै बिन्ति गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।  थुप्रोमा उधिनी मिठो र नमिठो छुट्ट्याइ छान्दैन त्यो  खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।।  राजा रङ्क सबै समान उसका, वैषम्य गर्दैन त्यो  आयो, टप्प टिप्यो, लग्यो,  मिति पुग्यो, टारेर टर्दैन त्यो ।  लाखैं औषधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो  व्याधा-तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ।।  आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो  सुख्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो । मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो  हाहाकार सरी मिठो अरु कुनै सङ्गीत गाउन्न त्यो ।।  जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो  थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ।  जत्ती निल्छ उती उकेल्दछ पनी, केही पचाउन्न त्यो  यै चालासित कल्प-कल्प कहि

अचानक खेलेको कुरा

केही हप्ता अगाडि कास्की जिल्लाको सेती खोलाको तिरमा बन्न लागेको जलबिधुत आयोजनाको हेड वर्क्समा पुगेर केही समय क्याम्पमा बसेको बेला यस्तो लेखेको रहेछु फोनमा।           गड्याङ गुडुङ नै भएपनि ब्याकग्राउन्ड संगीत जस्तो काम गर्दै छ सेतीको आवाज। रसुवा कन्स्ट्रक्सन र लुना कन्स्ट्रक्सनको संयुक्त उद्यममा बन्न लागेको सेती हाइड्रोपावरको कामको थालनी हुँदै रहेछ। अलि माथि गएपछि भाराभुरी गाउँ आउँछ रे। म निर्माणको लागि बसेको क्याम्पको अगाडी प्लास्टिकको कुर्सीमा बसेर वरपर वातावरण नियाल्दै छु। माथि पट्टी जंगल अनि चट्टानको पहरो अनि फेरि जंगल अनि त्यो माथि सेतो कुहिरो। यहाँ भन्दै हुनुहुन्छ कि त्यो कुहिरो पछाडि माछापुछ्रे छ रे। मलाई पनि विश्वास लाग्यो किनकि यहांको भूगोल केही हद सम्म थाहा छ मलाई। मैले म्याप्स मी भन्ने एप खोलेर हेर्दै गए, तल हामी आएको तातोपानी र चौर भन्ने ठाउँ देखाएको छ। अनि एउटा बाटो छ जुन म हेर्दै जाँदै छु, त्यो त मार्दी हिमालको बेस क्याम्प जाने ट्रेकिङ ट्रेल रहेछ। माथि पनि अर्को हाइड्रो पावरको काम हुँदैछ रे। यो चाहिँ २५ मेगावाटको टनेल बिनाको हाइड्रो पावरको काम हुँदै रहेछ। मैले सोधें यहांको

बेरुत घटना

साउन २० गते राती १० बजे तिरको कुरा हो, सुत्न भन्दा अगाडि ट्विटर् खोलें। ट्रेन्डिङमा बेइरुत थियो। के रछ भनेर हेरिहालेँ। सुरुको टुइट चाइ कुनै अफिसिएल अकाउन्ट बाट "प्रे फर बेइरुत" लेखेको थियो। मलाई लौन के भयछ वाला भाव आयो। मैले स्क्रोल गर्दै गएँ। एउटा भिडिओ आयो जुनमा एकजना पिताले आफ्नो छोरालाई जोगाउन कुनै सुरक्षित ठाउँ खोज्दै थिय र सबै हल्लियको थियो। मलाई लाग्यो भुकम्प गयो। तर फेरी तल हेरेको "हिउज एक्सप्लोजन" भनेर लेखेको छ। फेरी अर्को भिडियो हेरेँ। यसमा कतै ताल नजिकै रहेको एउटा भवनमा रातो आगोको झिल्का बलिरकेको थियो, के भयछ भनेर ल्याप्टप मै नजिक गयर हेर्न लाग्द ठुलो आवाज सहित भयंकर बिस्फोट भयो, लगभग ३-४ पटक हेरें। बिस्फोटनका कारण देखियको धुवाको मुस्लोले घटनाको डर झल्काउँथ्यो। मलाई त्यो बिस्फोटनमा पर्ने हरुको बारेमा सोच आयो। लगभग १०० वटा टुइट पढेँ होला, रगत नै रगत भयको फोटो र भिडियोहरु थियो। मैले दाईलाई वाट्सयाप गरें भाईलाई र ३ जना साथीहरुलाई पठायँ। भाईले पल्लो कोठाबाट अघी नै भयको हो भन्दै आयो। भन्दै थियो कि ईरानसँग लडाईं चल्दै थियो त्यस्तै केही होला ईरानले गरेको हुन सक्