Skip to main content

अचानक खेलेको कुरा


केही हप्ता अगाडि कास्की जिल्लाको सेती खोलाको तिरमा बन्न लागेको जलबिधुत आयोजनाको हेड वर्क्समा पुगेर केही समय क्याम्पमा बसेको बेला यस्तो लेखेको रहेछु फोनमा। 

        गड्याङ गुडुङ नै भएपनि ब्याकग्राउन्ड संगीत जस्तो काम गर्दै छ सेतीको आवाज। रसुवा कन्स्ट्रक्सन र लुना कन्स्ट्रक्सनको संयुक्त उद्यममा बन्न लागेको सेती हाइड्रोपावरको कामको थालनी हुँदै रहेछ। अलि माथि गएपछि भाराभुरी गाउँ आउँछ रे। म निर्माणको लागि बसेको क्याम्पको अगाडी प्लास्टिकको कुर्सीमा बसेर वरपर वातावरण नियाल्दै छु। माथि पट्टी जंगल अनि चट्टानको पहरो अनि फेरि जंगल अनि त्यो माथि सेतो कुहिरो। यहाँ भन्दै हुनुहुन्छ कि त्यो कुहिरो पछाडि माछापुछ्रे छ रे। मलाई पनि विश्वास लाग्यो किनकि यहांको भूगोल केही हद सम्म थाहा छ मलाई। मैले म्याप्स मी भन्ने एप खोलेर हेर्दै गए, तल हामी आएको तातोपानी र चौर भन्ने ठाउँ देखाएको छ। अनि एउटा बाटो छ जुन म हेर्दै जाँदै छु, त्यो त मार्दी हिमालको बेस क्याम्प जाने ट्रेकिङ ट्रेल रहेछ। माथि पनि अर्को हाइड्रो पावरको काम हुँदैछ रे। यो चाहिँ २५ मेगावाटको टनेल बिनाको हाइड्रो पावरको काम हुँदै रहेछ। मैले सोधें यहांको एक जना प्राविधिकलाई "कति छ हेड?' उत्तर आयो १६५ नेट हेड। ए सही हो, अनि यो माथि बन्न लागेको ड्याममा फ्लासिङ र इनलेट कता-कता हुन्छ? उत्तर आयो यहाँ यहाँ। खोलाको छेउ मै रहेको हेड वर्कमा क्रसर राख्नको लागि पर्यवेक्षक ल्याउन लागेको रहेछ त्यही क्रममा रसुवा कन्स्ट्रक्सनको एक जना दाईसंग आएको छु यहाँ। बर्खा अली मज्जैले लागेको बेला यो ३-४ दिन देखि नदेखिएको घाम आज बल्ल देखिएको छ। वरपर पुरै हरियो मात्र छ। र हरियो को बीचमा सेतो रंगको धर्का हरु धेरैनै। ती सेता धर्काहरु चाहिँ झरनाहरु हुन। बर्खामा यो भेगमा यस्ता धर्काहरु गजबले देख्न पाइन्छ। सेतीको कलकलमा रमाउन मन लागेर केही समय अगडि सेतीको तिरमा पुगेर बसेको थिए, नाइस(एक चट्टान) माथि। नाइस भित्र माइका अनि गार्नेट र टुर्मालिन मज्जाले देख्न पाइन्थ्यो। मैले अनुमान लगाएँ की यहाँ नजिकै थ्रुस्ट (टेक्टोनिक प्लेटको टकरावका कारण बनेको भौगर्भिक संरचना)  हुन पर्छ भनेर। घर गएर हेर्न पर्ला। 

        खाना खाने बेला सबै बस्दा छुट्टै रमाइलो थियो क्याम्पमा। श्रावन महिना भएकोले खानामा मासु लिइन। यो पाली पहिलोपटक श्रावन महिना बारेको छु। क्याम्पको  मेसमा सबैजना बसेर खाना खाँदा रमाइलो हुन्छ। साइटको एक जना महत्त्वपूर्ण सरले पनि मासु नखाने हुनाले साथी पाइयो। नत्र साँच्ची नै क्याम्पमा मासु भनेको रौनकको कुरा हो। हप्ताको २ दिन बुधबार र शनिबार मासु हुने रहेछ। परिचयको क्रममा यहांको लेखा हेर्ने हाम्रै उमेरको एक जना सरसँग कुरा भयो। इलामको हुनुहुँदो रहेछ। अनि निस्कीहल्न पर्यो बाहिरबाट आवाज आएर। 

        रसुवा कन्स्ट्रक्सनको काम भएर होला काम गर्ने, सुपर्भाइस गर्ने, केही प्राबिधिक: लगभग रसुवा र नुवाकोट कै हुनुहुँदो रहेछ। भूगोलको सम्बन्ध साँच्चै नै बलियो हुन्छ। मलाई लिएर आउनुभएको दाई जो रसुवाको हुनुहुन्छ स्याङ्जामा भन्दा यहाँ आफ्नो भूगोलको मान्छे भेट्दा खुशी देखिनुभएको थियो। मलाई भूगोलको सम्बन्ध बलियो हुन्छ भन्ने महशुस भएको त्रिचन्द्र क्याम्पस पढ्दा देखि हो। त्यहाँ भने भूगोल भनेको स्याङ्जा मात्र हुँदैनथ्यो। पश्चिमाञ्चल नै मेरो भूगोल हुन्थ्यो। लगभग मेरा साथीहरु पूर्व देखि पश्चिम सम्मका थिए। राजनीतिमा चाहिँ भूगोलको असर हुने रहेछ तर मित्रतामा भने त्यसको असर कम हुन्छ। तर पनि जब म भूगोलका मान्छे भेट्थे रमाइलो लाग्थ्यो। आफ्नो ठाउँको बारेमा कुराहरु साट्न अनी चिनेका मान्छेहरुको कुरा गर्न छुट्टै रमाइलो हुन्थ्यो। अझै बढी नोस्टाल्जिक त आफ्नो लवजमा बोल्दा भैन्थ्यो।  तर एउटा कुरा भने बुझेको थिएँ कि पोखरा जाँदा पुतलीबजार जुन म बस्ने नगरपालिका हो त्यहाँको मानिस भेट्दा रमाइलो लाग्थ्यो। काठमाडौं वा अन्त जाँदा चाहिँ स्याङ्जा जिल्ला भित्र जहाँको भएपनि रमाइलो लाग्थ्यो। यस्तै विदेश जाँदा नेपाल भनेपछि आफ्नोपन महसुस हुने कुरा साथीहरुले सुनाउँथे। यस्तै हो मान्छेलाई बस रमाउने एउटा बहाना चाहियको छ।

        भूगोल मात्र होइन धेरै कुरा छन् जुन कुराले आफ्नो महसुस गराउँदै जान्छ। जस्तै म यहाँ आएको छु मलाई प्राविधिक हरुसंग कुरा गर्दा आफ्नोपन महसुस हुन्छ। हामीलाई ल्याउनुभएको ड्राइभर दाई यहाँ कन्स्ट्रक्सनको ड्राइभर दाईसँग गफ गर्न व्यस्त हुनुहुन्छ। मलाई ल्याउने ठेकेदार दाई यहांको ठेकेदार सँग नै टाँसिएर बस्नु भएको छ। यस्तै हो मानिस जे सँग पनि रमाउन सक्छ। उता चुरोट खाँदै ड्राइभर दाई अर्को चुरोट खाने कुक दाई सँग गफ गर्दै छन् अनि हाँस्दै छन्, जहाँँ चुरोट पो मान्छे जोड्ने साधन बनिदियो। 

        यो ठाउँ गजब हो जहाँ मानिस प्रक्रितीको काखमा, एक अर्कासँग रमायार नै बसिरहेको छ। काम हुने बेलासम्म लगभग ५ बर्ष यिनिहरु संगै हुन्छन होला तर त्यो पछी भने त्यही पुरानो संसारमा जहाँ आफ्नो लागि भन्दा अरुको लागि बाँच्नुपर्ने हुन्छ, जहाँ बुधवार र शनिबार खल्लो हुनेछ अझै लाग्छ बार नै थाहा हुने छैन। सबै आफ्नै भुगोलको मानिस भयपछी यहाँ भुगोलका मानिस भेट्दा हुने नोस्टाल्जिया पनि हुने छैन। संसार फेरी घुमेर त्यही पुग्छ।
यस्तो संसार भोगेर मानिस सोच्न वाध्य हुँदो हो  
अहो! जिन्दगी त त्यही जोगीको ठीक हुन्छ कि क्याहो 
जिन्दगी नै मागेर बिताउँछ
जिन्दगी डुलेर बिताउँछ 
जिन्दगी भरी भोग्छ 
जिन्दगीभरी आफ्नै जिन्दगीसँग लुप्त हुन्छ। 

अहो! हाम्रो जिन्दगी त नर्क पो रहेछ 
मैले रोजेको जिन्दगी त जाल रहेछ 
आँफै फँसीरहेछु 
फिक्री नै फिक्रिमा बसिरहेछु 
तर यस्सो समाज हेर्छु
अनी चित्त बुझाउँछु 
जब देख्तछु हरेक व्यक्ती 
जसको समाजमा जयजयकार गरिन्छ 
जसलाई केही मानिस देउता भनी पुज्न पनि पछी नपर्लान 
त्यस्तो मानिस् पनि पत्निको टोकाइ 
बच्चाको रुवाइ
आफ्नै दाजुभाइको षड्यन्त्र अनी   
प्रतिशपर्धीको जालझेल झेल्न वाध्य छ 
हो यसरी चित्त बुझाउँछु 
धत लाटा   
म भन्दा नर्कमा त अरु हजार छन्।  





Comments

Popular posts from this blog

काल महिमा

  यो कबिता कवि शिरोमणी लेखनाथ पौड्यालको रचना हो। पढ्नै पर्ने कबिता   भनेर छुट्टाएको रहेछु।  आज अचानक पढ्न मन लाग्यो  । कवि शिरोमणि लेखनाथ पौड्याल - काल महिमा  भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो  इन्द्रै बिन्ति गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।  थुप्रोमा उधिनी मिठो र नमिठो छुट्ट्याइ छान्दैन त्यो  खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।।  राजा रङ्क सबै समान उसका, वैषम्य गर्दैन त्यो  आयो, टप्प टिप्यो, लग्यो,  मिति पुग्यो, टारेर टर्दैन त्यो ।  लाखैं औषधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो  व्याधा-तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ।।  आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो  सुख्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो । मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो  हाहाकार सरी मिठो अरु कुनै सङ्गीत गाउन्न त्यो ।।  जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो  थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ।  जत्ती निल्छ उती उकेल्दछ पनी, केही पचाउन्न त्यो  यै चालासित कल्प-कल्प कहि

बेरुत घटना

साउन २० गते राती १० बजे तिरको कुरा हो, सुत्न भन्दा अगाडि ट्विटर् खोलें। ट्रेन्डिङमा बेइरुत थियो। के रछ भनेर हेरिहालेँ। सुरुको टुइट चाइ कुनै अफिसिएल अकाउन्ट बाट "प्रे फर बेइरुत" लेखेको थियो। मलाई लौन के भयछ वाला भाव आयो। मैले स्क्रोल गर्दै गएँ। एउटा भिडिओ आयो जुनमा एकजना पिताले आफ्नो छोरालाई जोगाउन कुनै सुरक्षित ठाउँ खोज्दै थिय र सबै हल्लियको थियो। मलाई लाग्यो भुकम्प गयो। तर फेरी तल हेरेको "हिउज एक्सप्लोजन" भनेर लेखेको छ। फेरी अर्को भिडियो हेरेँ। यसमा कतै ताल नजिकै रहेको एउटा भवनमा रातो आगोको झिल्का बलिरकेको थियो, के भयछ भनेर ल्याप्टप मै नजिक गयर हेर्न लाग्द ठुलो आवाज सहित भयंकर बिस्फोट भयो, लगभग ३-४ पटक हेरें। बिस्फोटनका कारण देखियको धुवाको मुस्लोले घटनाको डर झल्काउँथ्यो। मलाई त्यो बिस्फोटनमा पर्ने हरुको बारेमा सोच आयो। लगभग १०० वटा टुइट पढेँ होला, रगत नै रगत भयको फोटो र भिडियोहरु थियो। मैले दाईलाई वाट्सयाप गरें भाईलाई र ३ जना साथीहरुलाई पठायँ। भाईले पल्लो कोठाबाट अघी नै भयको हो भन्दै आयो। भन्दै थियो कि ईरानसँग लडाईं चल्दै थियो त्यस्तै केही होला ईरानले गरेको हुन सक्