Skip to main content

त्रिवि उपकुलपतिलाई चिठ्ठी

 


मिती: २०२०/०४/२३ 
आदराणिय उपकुलपती ज्यु,  
त्रिभुवन विश्वबिद्यालय
सादर नमस्कार!

महोदय,
        म शारिरिक रुपले ठिकै छु र तपाईं पनि ठिकै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। कोरोना महामारी कै बेला भएपनी आशाबादी छु कि पुरै साबधानी अपनाएर तपाईं भने त्रिवि कार्यालय पुगिरहनुभयको होला। म त्रिभुवन विश्वबिद्यालयबाट चौथो सेमेस्टर अध्ययन सकेर परिक्षा पर्खेर बसेको विद्यार्थी हुँँ। कोरोना महामारीका कारण घरमै बस्न वाध्य भयपनी मन भने त्यहीं विश्वबिद्यालयमै छ। त्रिविले कहिले परिक्षाको बारेमा ठोस निर्णय निकाल्ला भनेर पर्खेर बसेको छु। 

    बितेको बर्ष यती बेला बिभागले सोध-प्रबन्ध बुझाउने बारे सुचना प्रकाशन गरेको थियो जुन अन्तिम सेमेस्टरको परिक्षा भएको ४ महिना पछीको कुरा थियो। अहिले हामी परिक्षा नै अड्केर बसेका छौं। त्रिविलाई पनि बैठक बस्न कोरोना महामारीका कारण अप्ठ्यरो परेको होला। तर महोदय देशमा महामारीका कारण भयको बन्दाबन्दी खुलेर पनि फेरी बन्द भैसक्यो तर पनि तपाईंले ठोस केही दिन सक्नुभएन। तपाईंले पदभार ग्रहण गर्ने बेला भन्नुभएको थियो "त्रिभुवन विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयको रुपमा विकास गर्न मन, धन र कर्मले लागिपर्नेछु, विश्वविद्यालयको साखलाई उचो राख्ने काममा कुनै पनि कसर बाँकी राख्ने छैन।" तर महोदय यो पनि भन्न मन लागेको थियो कि मेरो साथी जो म यहाँ त्रिविमा स्नातकोत्तर भर्ना भएकै बेला जर्मनीमा भर्ना भएको थियो अहिले बन्दाबन्दिकै बेलामा सकेर हातमा सर्टिफिकेट बोकेर काम गर्न तयार भएर बसेको छ। म भने यहाँ "७७ साल सम्म त सकियला नि है" भन्ने हरुको भिडमा बसेर तपाईंको निर्णय कुर्न वाध्य छु। के हामीले बन्दाबन्दी सकिने बित्तिकै या त महामारी सकिने बित्तिकै काम गर्न पाउछौ? कि अझै ६ महिना अड्किने हो?

    हुन त तपाईंहरुले परिक्षा सकेपनी या हातमा सर्टिफिकेट लिएर पनि काम कहाँ पाईन्छ यो बेला भन्ने सोच्नुभएको होला। तर त्यस्तो होइन, काम भैरहेकै छ। वास्तबिकता के हो भने नि महोदय तपाईंको काम हाम्रो कामको फिक्री होइन, बस हाम्रो सर्टिफिकेट हो। यो समयमा कसरी दिन सकिन्छ त्यो सोच्नुस्। तपाईंलाई कती विद्यार्थीले मेल पठाए कती विद्यार्थी संस्थाले चिट्ठी लेखे, हेर्नुभएको छ? कम्तिमा एउटा वक्तब्य त निकाल्नुस्!! 

    "आन्तरिक मुल्याङ्कन गरेर हुन्छ कि, अनलाइन/मौखिक परिक्षा लियर हुन्छ परिक्षा त गर्नै पर्छ" भन्नेहरु पनि धेरै छन। तिनिहरु कसैको पनि मैले सुन्ने गरेको छैन, बस तपाईंको सुन्ने थिय तर तपाईंको मुखमा केको बुजो छ कुन्नी!! त्रिविका कुनै पनि बिभागले "म मेरा विद्यार्थीको परिक्षा अन्लाइन गर्न सक्छु या त आन्तरिक मुल्याङ्कनबाट भैसकेकाहरुको निष्पक्ष/वास्तविक नतिजा निकाल्न सक्छु" भन्ने खालको दृडता देखायो कि नाइ थाहा छैन तर यो कुरा गर्न सक्छन कि नाइ भनेर तपाईंले बुझ्ने साहस गर्नुभयो कि नाइ??

    आफुले विद्यार्थीको मामलामा इन्स्ट्यन्ट डिसिजन लिन नसकेको कुरा स्विकार्नुहोस् अनी अब यथासिघ्र विद्यार्थीहरुलाई कसरी परिक्षा लिन वा अर्को सेमेस्टर पढ्ने बातावरण बनाउन सकिन्छ भन्ने कुराको सम्पूर्ण संस्थानका डिनहरु र बिभागका प्रमुखहरुसँग बसेर सान्दर्भिक निर्णय गर्नुहोस्। तपाईं जे जे गर्नुस् महोदय तर कृपा गरेर यथासिघ्र हामीलाई यो बैतर्णी तर्ने बाटो देखाइदिनुस् र आफ्नो कार्यकौशलता माथि अरुलाई प्रश्न उठ्ने बातावरण आँफैबाट श्रीजना नगरिदिनुहोस् किनकी यो तपाईंको जती हाम्रो पनि विश्वबिद्यालय हो र यसको साख जोगाउन हामी पनि हर क्षण तत्पर छौं। 


त्रिवि प्रेमी विद्यार्थी !


Comments

Popular posts from this blog

काल महिमा

  यो कबिता कवि शिरोमणी लेखनाथ पौड्यालको रचना हो। पढ्नै पर्ने कबिता   भनेर छुट्टाएको रहेछु।  आज अचानक पढ्न मन लाग्यो  । कवि शिरोमणि लेखनाथ पौड्याल - काल महिमा  भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो  इन्द्रै बिन्ति गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।  थुप्रोमा उधिनी मिठो र नमिठो छुट्ट्याइ छान्दैन त्यो  खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।।  राजा रङ्क सबै समान उसका, वैषम्य गर्दैन त्यो  आयो, टप्प टिप्यो, लग्यो,  मिति पुग्यो, टारेर टर्दैन त्यो ।  लाखैं औषधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो  व्याधा-तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ।।  आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो  सुख्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो । मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो  हाहाकार सरी मिठो अरु कुनै सङ्गीत गाउन्न त्यो ।।  जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो  थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ।  जत्ती निल्छ उती उकेल्दछ पनी, केही पचाउन्न त्यो  यै चालासित कल्प-कल्प कहि

अचानक खेलेको कुरा

केही हप्ता अगाडि कास्की जिल्लाको सेती खोलाको तिरमा बन्न लागेको जलबिधुत आयोजनाको हेड वर्क्समा पुगेर केही समय क्याम्पमा बसेको बेला यस्तो लेखेको रहेछु फोनमा।           गड्याङ गुडुङ नै भएपनि ब्याकग्राउन्ड संगीत जस्तो काम गर्दै छ सेतीको आवाज। रसुवा कन्स्ट्रक्सन र लुना कन्स्ट्रक्सनको संयुक्त उद्यममा बन्न लागेको सेती हाइड्रोपावरको कामको थालनी हुँदै रहेछ। अलि माथि गएपछि भाराभुरी गाउँ आउँछ रे। म निर्माणको लागि बसेको क्याम्पको अगाडी प्लास्टिकको कुर्सीमा बसेर वरपर वातावरण नियाल्दै छु। माथि पट्टी जंगल अनि चट्टानको पहरो अनि फेरि जंगल अनि त्यो माथि सेतो कुहिरो। यहाँ भन्दै हुनुहुन्छ कि त्यो कुहिरो पछाडि माछापुछ्रे छ रे। मलाई पनि विश्वास लाग्यो किनकि यहांको भूगोल केही हद सम्म थाहा छ मलाई। मैले म्याप्स मी भन्ने एप खोलेर हेर्दै गए, तल हामी आएको तातोपानी र चौर भन्ने ठाउँ देखाएको छ। अनि एउटा बाटो छ जुन म हेर्दै जाँदै छु, त्यो त मार्दी हिमालको बेस क्याम्प जाने ट्रेकिङ ट्रेल रहेछ। माथि पनि अर्को हाइड्रो पावरको काम हुँदैछ रे। यो चाहिँ २५ मेगावाटको टनेल बिनाको हाइड्रो पावरको काम हुँदै रहेछ। मैले सोधें यहांको

बेरुत घटना

साउन २० गते राती १० बजे तिरको कुरा हो, सुत्न भन्दा अगाडि ट्विटर् खोलें। ट्रेन्डिङमा बेइरुत थियो। के रछ भनेर हेरिहालेँ। सुरुको टुइट चाइ कुनै अफिसिएल अकाउन्ट बाट "प्रे फर बेइरुत" लेखेको थियो। मलाई लौन के भयछ वाला भाव आयो। मैले स्क्रोल गर्दै गएँ। एउटा भिडिओ आयो जुनमा एकजना पिताले आफ्नो छोरालाई जोगाउन कुनै सुरक्षित ठाउँ खोज्दै थिय र सबै हल्लियको थियो। मलाई लाग्यो भुकम्प गयो। तर फेरी तल हेरेको "हिउज एक्सप्लोजन" भनेर लेखेको छ। फेरी अर्को भिडियो हेरेँ। यसमा कतै ताल नजिकै रहेको एउटा भवनमा रातो आगोको झिल्का बलिरकेको थियो, के भयछ भनेर ल्याप्टप मै नजिक गयर हेर्न लाग्द ठुलो आवाज सहित भयंकर बिस्फोट भयो, लगभग ३-४ पटक हेरें। बिस्फोटनका कारण देखियको धुवाको मुस्लोले घटनाको डर झल्काउँथ्यो। मलाई त्यो बिस्फोटनमा पर्ने हरुको बारेमा सोच आयो। लगभग १०० वटा टुइट पढेँ होला, रगत नै रगत भयको फोटो र भिडियोहरु थियो। मैले दाईलाई वाट्सयाप गरें भाईलाई र ३ जना साथीहरुलाई पठायँ। भाईले पल्लो कोठाबाट अघी नै भयको हो भन्दै आयो। भन्दै थियो कि ईरानसँग लडाईं चल्दै थियो त्यस्तै केही होला ईरानले गरेको हुन सक्