Skip to main content

त्रिवि उपकुलपतिलाई चिठ्ठी

 


मिती: २०२०/०४/२३ 
आदराणिय उपकुलपती ज्यु,  
त्रिभुवन विश्वबिद्यालय
सादर नमस्कार!

महोदय,
        म शारिरिक रुपले ठिकै छु र तपाईं पनि ठिकै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। कोरोना महामारी कै बेला भएपनी आशाबादी छु कि पुरै साबधानी अपनाएर तपाईं भने त्रिवि कार्यालय पुगिरहनुभयको होला। म त्रिभुवन विश्वबिद्यालयबाट चौथो सेमेस्टर अध्ययन सकेर परिक्षा पर्खेर बसेको विद्यार्थी हुँँ। कोरोना महामारीका कारण घरमै बस्न वाध्य भयपनी मन भने त्यहीं विश्वबिद्यालयमै छ। त्रिविले कहिले परिक्षाको बारेमा ठोस निर्णय निकाल्ला भनेर पर्खेर बसेको छु। 

    बितेको बर्ष यती बेला बिभागले सोध-प्रबन्ध बुझाउने बारे सुचना प्रकाशन गरेको थियो जुन अन्तिम सेमेस्टरको परिक्षा भएको ४ महिना पछीको कुरा थियो। अहिले हामी परिक्षा नै अड्केर बसेका छौं। त्रिविलाई पनि बैठक बस्न कोरोना महामारीका कारण अप्ठ्यरो परेको होला। तर महोदय देशमा महामारीका कारण भयको बन्दाबन्दी खुलेर पनि फेरी बन्द भैसक्यो तर पनि तपाईंले ठोस केही दिन सक्नुभएन। तपाईंले पदभार ग्रहण गर्ने बेला भन्नुभएको थियो "त्रिभुवन विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयको रुपमा विकास गर्न मन, धन र कर्मले लागिपर्नेछु, विश्वविद्यालयको साखलाई उचो राख्ने काममा कुनै पनि कसर बाँकी राख्ने छैन।" तर महोदय यो पनि भन्न मन लागेको थियो कि मेरो साथी जो म यहाँ त्रिविमा स्नातकोत्तर भर्ना भएकै बेला जर्मनीमा भर्ना भएको थियो अहिले बन्दाबन्दिकै बेलामा सकेर हातमा सर्टिफिकेट बोकेर काम गर्न तयार भएर बसेको छ। म भने यहाँ "७७ साल सम्म त सकियला नि है" भन्ने हरुको भिडमा बसेर तपाईंको निर्णय कुर्न वाध्य छु। के हामीले बन्दाबन्दी सकिने बित्तिकै या त महामारी सकिने बित्तिकै काम गर्न पाउछौ? कि अझै ६ महिना अड्किने हो?

    हुन त तपाईंहरुले परिक्षा सकेपनी या हातमा सर्टिफिकेट लिएर पनि काम कहाँ पाईन्छ यो बेला भन्ने सोच्नुभएको होला। तर त्यस्तो होइन, काम भैरहेकै छ। वास्तबिकता के हो भने नि महोदय तपाईंको काम हाम्रो कामको फिक्री होइन, बस हाम्रो सर्टिफिकेट हो। यो समयमा कसरी दिन सकिन्छ त्यो सोच्नुस्। तपाईंलाई कती विद्यार्थीले मेल पठाए कती विद्यार्थी संस्थाले चिट्ठी लेखे, हेर्नुभएको छ? कम्तिमा एउटा वक्तब्य त निकाल्नुस्!! 

    "आन्तरिक मुल्याङ्कन गरेर हुन्छ कि, अनलाइन/मौखिक परिक्षा लियर हुन्छ परिक्षा त गर्नै पर्छ" भन्नेहरु पनि धेरै छन। तिनिहरु कसैको पनि मैले सुन्ने गरेको छैन, बस तपाईंको सुन्ने थिय तर तपाईंको मुखमा केको बुजो छ कुन्नी!! त्रिविका कुनै पनि बिभागले "म मेरा विद्यार्थीको परिक्षा अन्लाइन गर्न सक्छु या त आन्तरिक मुल्याङ्कनबाट भैसकेकाहरुको निष्पक्ष/वास्तविक नतिजा निकाल्न सक्छु" भन्ने खालको दृडता देखायो कि नाइ थाहा छैन तर यो कुरा गर्न सक्छन कि नाइ भनेर तपाईंले बुझ्ने साहस गर्नुभयो कि नाइ??

    आफुले विद्यार्थीको मामलामा इन्स्ट्यन्ट डिसिजन लिन नसकेको कुरा स्विकार्नुहोस् अनी अब यथासिघ्र विद्यार्थीहरुलाई कसरी परिक्षा लिन वा अर्को सेमेस्टर पढ्ने बातावरण बनाउन सकिन्छ भन्ने कुराको सम्पूर्ण संस्थानका डिनहरु र बिभागका प्रमुखहरुसँग बसेर सान्दर्भिक निर्णय गर्नुहोस्। तपाईं जे जे गर्नुस् महोदय तर कृपा गरेर यथासिघ्र हामीलाई यो बैतर्णी तर्ने बाटो देखाइदिनुस् र आफ्नो कार्यकौशलता माथि अरुलाई प्रश्न उठ्ने बातावरण आँफैबाट श्रीजना नगरिदिनुहोस् किनकी यो तपाईंको जती हाम्रो पनि विश्वबिद्यालय हो र यसको साख जोगाउन हामी पनि हर क्षण तत्पर छौं। 


त्रिवि प्रेमी विद्यार्थी !


Comments

Popular posts from this blog

The sudden Thaple

Firstly, the paragraphs accumulate the feelings and memories of my hike to Thaple. The Thaple peak is one of the highest peaks of the Syangja district. Kharsu peak and Thaple peak are of beautiful views from our places. We were raised seeing these peaks. So, it was a desire to be there someday. Though these peaks lie approx. 2050m from sea level and Syangja Bazar lie approx. 870m, being seen nearer but most of the people of Syangja have not been there. It took us all nearly 10 years after we wanted to be here. The peak seems skyscraping and shows people fear walking to the peak, I guess. These days youth from whole Nepal are influenced by the trend of visiting local places and its impact is more scattered by social media. These days Thaple and Kharsu peaks are becoming common hiking destinations for local youth. Between Sataun and Kharshugau We four (Sajan, Sameer Prashant, and me) started our journey from Narayansthan, Syangja. My friends were also very interested to be there as I ...

खाडी

घर गल्ली टोल छिमेक  छाडि छाडि खाडी।  मनको माया खेत र बारी  बाँझो छाडि छाडि।। सिप हातमा हलो जोत्ने  गए बोरा बोक्न।  हितको माया काखको छोरा  सबै छाडि छाडि।। घर बन्ला फर्किएर देशकै माटोमा,  हिडाउने सन्तान पनि देशकै बाटोमा।  जिन्दगीका सपना यहाँ  किन खाडी खाडी। मनको माया  खेत र बारी बाझो छाडि छाडि।। देशमै केही गर्न सक्ने  मनमा हुँदा हुँदै,  साहुको ऋण, घरको दिन  पुग्छ डाँडा पारी।  मनमा देश छ  शरीर सबै हुँदा पनि खाडी।। घर गल्ली टोल छिमेक  सबै छाडि खाडी।  मनको माया खेत र बारी  बाँझो छाडि छाडि।।

Tinpiple – Tarkeshwar – Army camp – Gurje Bhanjyang – Jhor

The Hiking Diary Do you know ?? There are some stairs made of bricks exported from Heaven. Yes, I’m talking about the place we’ve been for our Hike in the hill of Kathmandu District. It was an amazing and natural hike with the team of 'Wondervibes' along Tinpiple – Tarkeshwar – Army camp – Gurje Bhanjyang – Jhor.                    Travelling teaches us about the world, life and ourselves than any education ever could. We learned teamwork during this hike. Everybody is never together during the walk but there comes some special place or point where we wait for others to come and join to capture the magical moment of that place. This also becomes that place where we share what we see and how we feel. Some of ‘what we see and what we feel’ are in this blog.                    ...