यो कबिता कवि शिरोमणी लेखनाथ पौड्यालको रचना हो। पढ्नै पर्ने कबिता भनेर छुट्टाएको रहेछु। आज अचानक पढ्न मन लाग्यो । कवि शिरोमणि लेखनाथ पौड्याल - काल महिमा भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ति गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो । थुप्रोमा उधिनी मिठो र नमिठो छुट्ट्याइ छान्दैन त्यो खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।। राजा रङ्क सबै समान उसका, वैषम्य गर्दैन त्यो आयो, टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो । लाखैं औषधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो व्याधा-तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ।। आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो सुख्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो । मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो हाहाकार सरी मिठो अरु कुनै सङ्गीत गाउन्न त्यो ।। जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो थाल्यो च्वाम्म सबै चपाउन भन...
Here, I write about the interesting things that I learn, feel, and listen to in my life. As being a student of Geology from Himalaya, I may add some geology and some Himalaya to my blogs.