यो बन्दुक द्वन्दकालमा आर्मी र माओवादीले पड्कायको बन्दुक होइन। बस हो त किसानको अन्नबाली लुट्न आयका आतंकबादीहरु बिरुद्द किसानले नै उठायको हतियार। २०७७ साल असार महिना हो, सधैं जसो भेट्ने अनी केही काम परे बोलाउने साथी सँगमले फेरी आज पनि "ओए आइज त नगरपालिका जाम, बन्दुक ल्याउन पर्यो" भनेर बोलायो। मैले सँगमलाई नाइं भनेको ईतिहास नै छैन जस्तो लाग्छ। म घरबाट तल झरें, सँगम मेरो घर छेउमा रहेको अर्को साथी सनमको वोर्कसपमा आइसकेको रहेछ। हामी वार्डको स्विक्रिती पत्र लिन सँगमको घर रहेको वार्ड ३ को वार्ड कार्यालय बाढ्खोला गयौं। पत्र नगरपालिकाको कार्यालय पुगिसक्यो भन्ने जानकारी पायपछी हामी नगरपालिका कार्यालयतिर लाग्यौं। म घरमा लगायर बसेको कालो जाङे र स्लिभलेश सर्टमा भयकोले नगरपालिका कार्यालय भित्र पसिन। मैले बाँदरले दु:ख दियको घटना धेरै सुनेको छु। देश भरी यस्ता कुरा आइ नै रहन्छन्, हरेक साल फर्केर बाँदरले पत्रीकाका पहिलो नभय दोश्रो पान्नामा ठाउँ त लिई नै हाल्छन। यता लाखु भन्छन बाँदरलाई। 'लाखुले सतायो', 'लाखुले बसिखान दियन', 'लाखुले सखाप पार्ने भो' जस्ता वाक्य हाम्रो ठा...
Here, I write about the interesting things that I learn, feel, and listen to in my life. As being a student of Geology from Himalaya, I may add some geology and some Himalaya to my blogs.