एउटा पुरानो कथा थियो
जहाँ गाउँ थियो
समाज थियो
अनी सपना थियो
त्यो कथा रुपान्तरणका हजार खुट्किलाहरु पार गरेर
अहिले यहाँसम्म आयो
जहाँ पहिलेको गाउँ नै छैन
अनी यसमा समाज पनि छैन
अझै सपना पनि छैन
यो सबैको साटो पैसा छ
हो त्यही पैसा जसले
गाउँ , समाज , सपना सबै किनिदिन्छ
यो कथामा अनगिन्ती भोकहरु छन
अनी ति भोक पनि पैसाले मात्रा अघाउछन
यहाँ त देश पनि छैन
मात्र छ त कि भोक कि पैसा
राष्ट्र सोच्ने फुर्सद
रुपान्तरित नभयको कथाको
पहिलो पाण्डुलिपीबाट हरायको नै जुनी भैसक्यो
तर
त्यो कथाको साथी यहाँ सम्मपनी
भेटिन्छ
र त्यो साथी आज चुरोट र चियाको गफमा
यती मिठो गरी बोल्छ
बोलेको होइन गुनगुनाउदै छ जस्तो लाग्छ
किनकी चुरोटको धुवा संगै
उसले डराउदै सुनाइरहेको हुन्छ त्यही पुरानो कथा
र डर यस करणले कि
घर समाज र सपना जस्तै
साथी त रुपान्तरणको चपेटामा पर्दैन!!!!!!!!
Comments
Post a Comment