Skip to main content

Posts

Showing posts from September, 2020

खाडी

घर गल्ली टोल छिमेक  छाडि छाडि खाडी।  मनको माया खेत र बारी  बाँझो छाडि छाडि।। सिप हातमा हलो जोत्ने  गए बोरा बोक्न।  हितको माया काखको छोरा  सबै छाडि छाडि।। घर बन्ला फर्किएर देशकै माटोमा,  हिडाउने सन्तान पनि देशकै बाटोमा।  जिन्दगीका सपना यहाँ  किन खाडी खाडी। मनको माया  खेत र बारी बाझो छाडि छाडि।। देशमै केही गर्न सक्ने  मनमा हुँदा हुँदै,  साहुको ऋण, घरको दिन  पुग्छ डाँडा पारी।  मनमा देश छ  शरीर सबै हुँदा पनि खाडी।। घर गल्ली टोल छिमेक  सबै छाडि खाडी।  मनको माया खेत र बारी  बाँझो छाडि छाडि।।